Breaking News.... EverestOnlineKhabar
October 2, 2026

कंगोमा इबोलाका कारण थप १० जनाको मृत्यु, २७ को मृत्युमा इबोलाकै शंका

Loading

बीबीसी । कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामी भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन् । सन् १९७६ देखि कंगोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो ।

पहिलो पटक कंगो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो । अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed