Breaking News.... EverestOnlineKhabar
October 3, 2026

साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल पाकिस्तानसंग भिडदै

Loading

एजेन्सी ।  भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा शनिबार  नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। पाकिस्तानको भने यो दोस्रो खेल हो। पाकिस्तान पहिलो खेलमा बंगलादेशसँग १४–० को फराकिलो हार व्यहोर्न बाध्य भएको थियो।

खेल राजधानी थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा बेलुकी ७ बजेपछि शुरु हुनेछ। पाकिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गर्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रदैछ।

अघिल्लो वर्ष बंगलादेशमा भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग ७–०, भारतसँग १०–० तथा भुटानसँग १–१ को बराबरी खेल्दै अन्तिम स्थानमा रहदै प्रतियाेगिता अन्त्य गरेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed