Breaking News.... EverestOnlineKhabar
October 3, 2026

लुटेराको गोली लागेर धनुषामा १ जना गम्भिर घाइते, नगद र सुन लुटियो

Loading

धनुषा,साउन ।
धनुषामा लुटेरा समूहले गोली प्रहार गरी नगद तथा सुन लुटेको छ । जिल्लाको मिथिला नगरपालिका–८ स्थित जम्नीबासमा गएराति लुटेरा समूहले स्थानीय पुष्पलाल श्रेष्ठलाई गोली हानी नगद तथा सुन लुटेको हो ।
धनुषा प्रहरीका अनुसार, श्रेष्ठमाथि दुई गोली लागेको छ ।उनको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । हतियारसहित आएका लुटेरा समूहले श्रेष्ठको घरबाट साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगदसमेत लुटेर लगेको छ ।
लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा लुटेरा समूहले गोली चलाएकोे प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरी भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed