Breaking News.... EverestOnlineKhabar
June 26, 2026

किपा बने विश्वकै महंगा गोलकिपरःचेल्सीले भित्र्यायो ७१ मिलियनमा

Loading

एजेन्सी,साउन ।
स्पेनिस गोलकिपर किपा एर्रिजाबालागा इंग्लिस क्लब चेल्सीमा कीर्तिमानी मूल्यमा आवद्ध भएका छन् । चेल्सीमा किपा ७१ मिलियन पाउण्डको कीर्तिमानी रकममा अनुबन्धित भएका हुन् । स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबाट कीर्तिमानी मूल्य तिरेर किपासँग चेल्सीले ७ वर्षे सम्झौता गरेको हो ।
चेल्सी र किपाबीचमा सम्झौता भएसँगै उनी सर्वाधिक महंगा गोलकिपर बनेका छन् । यसअघि लिभरपुलले इटालियन क्लब रोमाबाट गोलकिपर एलिसनलाई ६६ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । त्यसबेला एलिसन विश्वकै सर्वाधिक महंगा गोलकिपर बनेका थिए । कीर्तिमानी मूल्यमा चेल्सीमा आबद्ध भएका किपाले चेल्सीले पाएको सफलताले क्लबमा आउनु आकर्षित गरेको भन्दै आफ्नो जीवनमा यो उपलब्धि निकै महत्वपूर्ण भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.