Breaking News.... EverestOnlineKhabar
June 26, 2026

काठमाडौबाट कस्तुरीको बिनासहित चार जना पक्राउ

Loading

काठमाडौ,साउन ।
कस्तुरीको बिनासहित चार जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठामा कस्तुरीको बिना बिक्री वितरणको सूचना पाएपछि दरवारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चार जनालाई पक्रेको हो । पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने कृष्ण नेपालीको २८ वर्षीय छोरा दीपक, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने जित सिंह सुनुवारको छोरा १८ वर्षीय अर्पण, रामेछापकै बेथान बस्ने ईन्द्रबहादुर पाण्डेको छोरा १७ वर्षीय उज्वल र सल्यानको कालागाउँ घर भई हाल चाबहिल बस्ने मेघलाल बस्नेतको छोरा २२ वर्षीय जीबन बस्नेत रहेका छन् ।
पक्राउ परेकाहरुमध्ये अर्पण सुनुवारको साथबाट कस्तुरीको बिना ३ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.