Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले रिक्त रहेका संवैधानिक निकायलाई छिट्टै पूर्णता दिने बताएका छन् । मंगलबार पर्सामा नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरस्तरिय वाणिज्य संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “रिक्त रहेका संवैधानिक निकायमा पदपूर्तिबारे हिजोमात्रै प्रधानमन्त्रीसँग मेरो छलफल भएको थियो । संविधानले व्यवस्था गरेअनुसार संवैधानिक आयोग पनि निर्माण गर्ने कुरा भएको छ । प्रधानमन्त्रीज्यूले चाँडै पूर्णता दिनुहुन्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहालले न्यायालयको नेतृत्व खाली नहुने बताउँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ  नै मुख्य कुरा रहेको स्पष्ट पारे । भदौ पहिलो साताभित्र केन्द्रदेखि स्थानीय तहसम्म तत्कालीन नेकपा एमाले र माओवादीको सबै संगठन एक भइसक्ने दाहालको जोड थियो ।

“आगामी २५ गतेसम्म तलबाट सुझाव मागेर सोही आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्छ । अलिकती समय लागेको मात्र हो । विपक्षीले दुष्प्रचार गर्दैमा एकता नहुने भन्ने हुँदैन,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.