Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएका छन्। नेदरल्यान्ड्स विरुद्धको खेलमा रोमाञ्चक जित हात पारेकोमा खुसी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि पनि सफलताको शुभकामना दिएका छन्।

प्रधानमन्त्रीले ट्विटमार्फत कप्तान पारस खड्का र नेपाली टिमलाई बधाइ तथा शुभकामना दिएका हुन्।

‘नेपाली क्रिकेट टिमले नेदरल्यान्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जीतका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीहरुलाई बधाइ ज्ञापन गर्दछु। नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु।’, ट्विटमा लेखिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.