Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इरानसँग विना शर्त वार्ता गर्न तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्प भनाई

Loading

एजेन्सी,साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् । ट्रम्पले विना शर्त जुनसुकै बेला छलफल गर्न तयार रहेको भन्दै वार्ताको आह्वान गरेका हुन् ।
जुलाईको शुरुतिर अमेरिका र इरानको सम्बन्धमा एकाएक चिसोपना आएको थियो । ट्रम्पले चेतावनी दिएपछि इरानी राष्ट्रपति हसन रुहानीले त्यसको कडा प्रतिरोध गरेका थिए ।
सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।
इरानका गतिविधिलाई लिएर सशंकित हुँदै आएका ट्रम्पबाट एकाएक आएको वार्ताको प्रस्तावलाई धेरैले अनपेक्षित परिघटनाका रुपमा विश्लेषण गरेका छन् ।
वार्ताका लागि ट्रम्पले गरेको आग्रह सकारात्मक भएको प्रतिक्रिया इरानले दिएको छ । तर उसले केही शर्तहरु राख्न सक्ने छनक दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.