Breaking News.... EverestOnlineKhabar
May 11, 2026

न्यायपालिकामाथि प्रहार भएको कामु प्रधानन्यायाधिश जोशीको टिप्पणी

Loading

काठमाडौ,साउन ।
प्रधानन्यायधीश नियुक्ति प्रक्रिया थप अन्योलमा धकेलिएपछि कामु प्रधानन्याधीश दीपकराज जोशीले अनाबश्यक विषयलाई विवादमा ल्याएको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार साँझ बिज्ञप्ती निकाल्दै उनले संसदीय सुनुवाई प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको आशंका गरेका छन्। जोशीको शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठेपछि त्यसविषयमा उनले प्रष्टिकरण दिएका छन्।
उनको सचिवालयले जारी गरेको बिज्ञप्तीमा भनिएको छः‘तत्कालिन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायाधीश हुँदा होस् अथवा सर्वोच्च अदालतको न्यायधीश हुँदा समेत प्रश्न नभएको विषयमा हाल आएर भ्रम फैलाउनु एक जना प्रस्तावित प्रधानन्यायधीशको नियुक्तिलाई प्रभावीत पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ।’
जोशीले राजिनामा दिने तथा सरकारले राजिनामा दिन दबाब दिएको जस्ता विषय समेत भ्रामक भएकाले बिज्ञप्तीमा उल्लेख छ। सामान्यतया संसदीय सुनुवाईकै दिन प्रधानन्यायधीको अनुमोदन हुनेमा यसपटक संसदीय बिशेष सुनुवाई समितिको बैठक तीन पठक सरिसकेको छ।
जोशीले विगतमा विवादास्पद फैसला गरेको भन्दै नेकपाका सांसदहरु उनलाई प्रधानन्याधीशमा उनको अनुमोदन नगर्ने पक्षमा उभिएका छन्। जसकारण प्रधानन्याधीश नियुक्ति अन्योलमा परेको छ। हालसम्म संसदीय समितिले प्रधानन्याधीशको नियुक्ति अनुमोदन नगरेको इतिहास छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.