![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।
तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरू जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिले देखिनै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।
माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ। “मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न” ओलीले भने, “यहीबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ।”
लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका भएको ओलीको भनाइ छ। “आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ” प्रधानमन्त्री ओलीले भने “त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ।”
सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध भएको उनको भनाइ छ।


