![]()
काठमाडौँ । नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिएसम्म बन्द गर्ने निर्णय गरेको छ ।
२७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो। साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य चाँडो वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि संज्ञले आग्रह गरेको छ।
डा. केसीले सरकारले संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन्। यो उनको १५ औं अनशन हो।


