![]()
काठमाडौ,साउन ।
नयाँ मुलुकी ऐन लागू हुन अब २१ दिन मात्रै बाँकी छ । सर्वोच्च अदालतले आगामी भदौ १ देखि लागू हुने नयाँ मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पूरा भएको जनाएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी ऐन २०७४ कार्यान्वयनका लागि गठन गरिएका समितिले आफ्नो काम पूरा गरिसकेका छन् ।
ऐन कार्यान्वयनका लागि नियमावली, निर्देशिका, दिग्दर्शनका मस्यौदाहरु एवम् विद्यमान अदालतसम्बन्धी नियमावलीहरुमा संशोधनका लागि मस्यौदाहरु तयार भइसकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
ऐनलाई चालू अवस्थामा ल्याउन सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा नियमावली परिमार्जन विषयक समिति, सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरेको संयोजकत्वमा दिग्दर्शन तयारी समिति, सर्वोच्चका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको संयोजकत्वमा निर्देशिका समिति गठन गरिएको थियो । समितिले मुलुकी देवानी कार्यविधि संहिता ऐनको कार्यान्वयनका लागि दिग्दर्शन तयार गरेको छ ।


