Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एसिया कपको खेल तालिका सार्वजनिक,नेपाल कुन समुहमा…?

Loading

काठमाडौ,साउन ।
एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक राष्ट्र गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । एसिया कप छनोट प्रतियोगिता पनि सेप्टेम्बर मै हुँदैछ । छनोटमा नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया रहेका छन् । एसिया कप छनोटको विजेताले एसिया कपको समूह ए मा स्थान बनाउने छ भने भारत र पास्तिानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको सम्भावना बढि
एक दिवसीय फम्र्याटमा हुने एसिया कप क्रिकेट खेल्ने प्रमुख दाबेदार टिम हो नेपाल । अहिलेसम्म नेपालले एसिया कप क्रिकेट खेल्न त पाएको छैन । तर यो पटक भने खेल्न सक्ने सम्भावना बढि रहेको छ । किनभने पछिल्लो समयमा नेपाल निकै लयमा रहेको छ भने त्यही अनुसारको नतिजा पनि हात पारेको छ ।
छनोट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । छनोट प्रतियोगितामा माथिल्लो स्तरको टिम भनेको नेपाल र युएई हो । नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिम हो । त्यसो त हङकङ, ओमन सिंगापुर र मलेसिया पनि कमजोर भने छैनन् तर नेपालले पराजित गर्दै आएका टिम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.