Breaking News.... EverestOnlineKhabar
October 3, 2026

साउनको पहिलो सोमबार, भगवान् शिवको पूजा आराधना गरी मनाईंदै

Loading

काठमाडौं। आज साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन्।  साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधनाका लागि विशेष मानिन्छ।

साउन महिनाको सोमबार शिवको दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

यस वर्ष साउनमा पाँच सोमबार परेका छन्। पाँचवटा, सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन्। महिलाले साउनमा हरिया चुरा-पोते, मेहन्दी र हरियै रङका लुगा लगाएर सोमबारको ब्रत बस्ने गर्छन्।

साउनको सोमबार बोलबम जाने परम्परा छ। पशुपतिनाथ, धरानको पीण्डेश्वरी लगायत देशभरिकै शिव मन्दिरमा साउनको सोमबारको दिन तीर्थालुको घुइँचो लाग्ने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed