Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी ।लेस्टरसिटीले लिभरपुलका गोलकिपर डेन्नी वार्डलाई अनुबन्ध गरेको छ। डेन्नीलाई लेस्टरसिटीले १२.५ मिलियन पाण्डमा अनुबन्ध गरेको हो।

लिभरपुलले रोमाबाट एलिसनलाई किर्तीमानी रकममा भित्राएपछि उनी लिभरपुलका लागि चौथो रोजाईका गोलकिपर बनेका थिए। २५ बर्षीय डेन्नीले वालेसको राष्ट्रिय टिमबाट ४ खेल खेलेका छन् भने लिभरपुल बाट मात्र तीन खेल खेलेका छन्। लेस्टरसिटीले डेन्नीसँग चार बर्षे सम्भलौता गरेको छ । तर, रेड्सले सम्झौतामा २० प्रतिशत बिक्री मापन समावेश गरेको छ।

डेन्नीले भनेका छन्, म यहाँ मेरो खेल आवृत्तिमा सुधार गर्ने छु र आशा छ की केहि थप सफलता पाउने छु। २०१६-१७ को सजनमा उनलाइ लोनमा हुन्डर्स्फिल्ड पठाइएको थियो। उनी हुन्डर्सफिल्डमा १ लाख पाण्डमा एक बर्षका लागि गएका थिए। जहाँ उनले च्याम्पियासिपका ४३ खेल खेले।

यस सिजन लिस्टरसिटीले रिकार्डो पेरेइरा, जोन्नी इभान्स र जेम्स माड्डिसन पछि यो चौथो खेलाडी अनुबन्धित गर्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed