![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन् । त्रिभूवन विश्व विद्यालयको ५९ औं बार्षिक दिवश बैठकलाई शनिबार किर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहंदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । पढेका मान्छे बेरोजगार नहोऊन् भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको प्रधानमन्त्री ओलीले बताए ।
विश्व विद्यालय अनुसन्धान केन्द्र भएकोले देशलाई आवश्यक पर्ने अनुसन्धान यही संस्थाबाट हुनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले विश्व विद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशन समेत दिएका छन् ।
देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्वाहमुखी मात्र भएकोले यसलाई थप व्यावशायीक बनाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्व विद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान पनि गरेका थिए ।


