![]()
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले संसदमा पेश भएको चिकित्सा शिक्षा अध्यादेश फिर्ता नहुने बताउनुभएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले माथेमा कार्यदलको मनसाय र भावना अनुसार नै अध्यादेश संसदमा पेश गरिएको र फिर्ता नहुने बताउनुभएको हो ।
मन्त्री पोखरेलले २० दिनदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई अनसन नबस्न आग्रह गर्नुभएको छ । अध्यादेशमा स्वास्थ्य क्षेत्रका विकृति हटाउन मुलभुत कुरा समेटिएको र बिधेयक पास हुने प्रणालीमा गैसकेकोले विरोध गर्नुको औचित्य नभएको मन्त्री पोखरेलले बताउनुभयो ।
अध्यादेशमा समेटिएको बुँदामा असन्तुष्टी भएमो आयोग गठन गरी छलफल गर्न सकिने पोखरेलको भनाई थियो ।


