Breaking News.... EverestOnlineKhabar
August 18, 2026

Loading

काठमाडौँ । काठमाडौं । सरकारबिरुद्ध आन्दोलन घोषणा गरेको नेपाली कांग्रेसले पार्टी भित्रको मतभेद बिर्षेर एकसाथ सरकारको प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकले सरकार अधिनायकवाद र जनविरोधी भएकाले सदन र सडकबाट बिरोध गर्ने निर्णय गरेको हो ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नु पर्ने तथा अध्यादेश अनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने माग पनि कांग्रेसले गरेको छ । त्यसका लागि सरकारलाई दबाब दिने र आन्दोलन गर्ने निर्णय भएको कांग्रेस नेता मीन बिश्वकर्माले जानकारी दिए ।

संसद अवरुद्ध गर्ने र सडकमा आन्दोलन चर्काउने निर्णय भएको उनले बताए । यस्तै सभामुख, उपसभामुख, निषेधित क्षेत्रसहितका गैर संवैधानिक निर्णयको विरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।

संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनु पर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरिएको कांग्रेसको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.