Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सरकारी टोली र डा.केसी पक्षबीच वार्ता बिफल, माग पूरा गर्ने म्याण्डेट नभएको सरकारी टोलीको जवाफ

Loading

जुम्ला । सरकारद्वारा गठित वार्ता टोली र जुम्लामा अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता बिफल भएको छ । सरकारी टोलीले माग पूरा गर्ने म्याण्डेट आफूहरुसंग नभएको जवाफ दिएपछि केसी पक्ष आक्रोशित भएको छ ।

सरकारद्वारा गठित वार्ता टोलीका सदस्यले उनका मागलाई भन्दा पनि जुम्लाबाट रेस्क्यु र उपचारका विषयमा कुरा गर्न आफूलाई पठाइएको बताएका छन्। त्यसपछि डा केसी पक्षधर वार्ता छाडेर हिँडेका छन्।

डा केसी पक्षबाट वार्ताटोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार सरकारी वार्ता टोलीले डा केसीलाई ‘सत्याग्रही’ नभइ  ‘बिरामी’का रुपमा लिएको पाइएको छ । उनले भने, ‘वार्ता टोलीमा रहनुभएकाहरुले उहाँको रेस्क्यु र उपचारका विषयमा मात्रै आफूलाई कुरा गर्ने अधिकार भएको बताउनुभएको छ । बाँकी कुरा राजनीतिक भएकाले आफूसँग ‘म्यान्डेट’ नरहेको बताउनुभयो ।’

सरकारी टोलीबाट यस्तो आशय आएपछि डा केसी पक्षधर वार्ता स्थलबाट निस्किएको थियो । सरकार डा केसीका माग र स्वास्थ्य प्रति गम्भीर नभएको डा केसी समर्थकले बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed