![]()
एजेन्सी । कतार एयरवेजले विश्वकप विजेता फ्रान्सलाई बधाई ज्ञापन गरेको छ । कतार एयरवेजको च्यानलमार्फत मात्र २५ करोडभन्दा बढी भ्युजसहित विश्वभर यस प्रतियोगिताका करिब २ अर्बभन्दा बढी दर्शकहरु रहेको कम्पनीले जनाएको छ ।
कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको लागि तयारीमा केन्द्रित छ ।
फुटबल प्रशंसकहरुलाई एकजुट गर्न सफल २०१८ फिफा विश्वकप एक रोमाञ्चक प्रतियोगिता रह्यो र यस उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एक बोइङ ७७७ विमान तयार गरेको थियो ।


