Breaking News.... EverestOnlineKhabar
July 10, 2026

रोनाल्डोलाई बेचेपछि मेड्रिडका पूर्व अध्यक्ष काल्डेरोन दुःखी

Loading

एजेन्सी ।रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई बिक्री गरेर ऐतिहासिक गल्ती गरेको क्लबका पूर्व अध्यक्ष रामोन काल्डेरोनले बताएका छन् । रोनाल्डो ११२ मिलियन युरोमा रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् ।

रोनाल्डोलाई युभेन्टसले  औपचारिक रुपमा समर्थक समक्ष पेश पनि गरिसकेको छ । ३३ वर्षका रोनाल्डो रियल मड्रिडका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले रियल मड्रिडबाट ४३८ खेलमा ४५० गोल गरेका छन् । यस्तै उनले चारपटक च्याम्पियन्स लिगको उपाधि जिते ।

रोनाल्डोलाई सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल ल्याउन प्रमुख भूमिका खेलेका काल्डेरोनका अनुसार क्लबले ठूलो गल्ती गरेको छ, रोनाल्डोलाई बेचेर ।

उनले  भनेका छन्, ‘क्रिष्टियानो रोनाल्डो जस्तो खेलाडीलाई बेचेर उनीहरु (रियल मड्रिड) ले ठूलो गल्ती गरे, उनलाई निकै प्रयास गरेर ल्याइएको थियो । युनाइटेड बेच्न तयार थिएन । त्यसरी ल्याएको खेलाडीलाई रियलले अर्को क्लब पठाउनु हुँदैनथ्यो ।’

जति ठूलो रकम पाए पनि रोनाल्डोलाई बेच्नु राम्रो नभएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed