Breaking News.... EverestOnlineKhabar
August 15, 2026

मन्त्रिपरिषदको निर्णयविरुद्ध चन्द्रसिंह साउद सर्वोच्चमा

Loading

काठमाडौ,असार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका चन्द्रसिंह साउदले सर्वोच्चमा रिट हालेका छन् । गैरकानूनी हिसाबले पदबाट हटाइएको दाबी गर्दै उनी सर्वोच्च पुगेका हुन् । साउदले लोकसेवा आयोगको जस्तै परीक्षा दिएर कानूनसम्मत ढंगले सीईओमा नियुक्त भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको जानकारी दिए।
साउदको रिट निवेदनमाथि सर्वोच्चले आज वा आइबार सुनुवाइ गर्ने सम्भावना छ । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयसँगै साउदको नियुक्ति पनि बदर भएको थियो । साउदलाई पदबाट हटाएर अर्थमन्त्रालयले उपसचिव रमेश अर्याललाई नेप्सेको सीईओको जिम्मेवारी दिइसकेको छ ।
साउद जस्तै कर्जा तथा निक्षेप सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्र र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालेसमेत सर्वोच्चमा रिट दायर गरेका थिए । बिहीबार सर्वोच्चले उनीहरुको रिट माथि सुनुवाइ गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइसकेको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिनेबारे छलफल गर्न सर्वोच्चले साउन २ र ३ गते दुवै पक्षलाई बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed