Breaking News.... EverestOnlineKhabar
July 9, 2026

Loading

बीबीसी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासनमा शून्य सहनशीलता नीति अन्तर्गत परिवारबाट अलग गरिएका पाँच वर्षमुनिका दर्जनौँ बालबालिकालाई  उनीहरूका अभिभावकलाई बुझाइँदैछ। तर अमेरिकी सरकारले थुनामा रहेका सबै १०२ त्यस्ता बालबलिकालाई अदालतले दिएको मंगलवारसम्मको समयसीमाभित्र बुझाउन नसकिने जनाएको छ।

अब सरकारले ती बालबालिका र उनीहरूका अभिभावकबीच पुनर्मिलन गराउनेबारे अदालतबाट सम्भवतः अद्यावधिक आदेश पाउनेछ। १४ दिनअघि एकजना संघीय न्यायाधीशले पाँच वर्षमुनिका त्यस्ता बालबालिकालाई थुनामुक्त गर्न आदेश दिँदै ढिलोमा मंगलवारसम्म उनीहरूका अभिभावकसँग पुनर्मिलन गराइदिन आदेश दिएका थिए।

बाल केन्द्र जस्ता स्थानमा थुनामा राखिएका ती बालबालिका कतिपय अवस्थामा आफ्ना अभिभावकभन्दा हजारौँ माइल पर राखिएका थिए। अदालतलाई बुझाएको कागजपत्रमा अमेरिकी सरकारले चारजना बालबालिकालाई उनीहरूका अभिभावकलाई बुझाइसकेको र ३४ जना मंगलवार हस्तान्तरण गरिने उल्लेख छ।

उसले अन्य कतिपय सन्दर्भमा बालबालिकालाई अभिभावकसँग पुनर्मिलन गराउन कठिनाइ रहेको उल्लेख गर्दै ७५ प्रतिशत बालबालिकालाई मात्रै त्यस्तो अवसर प्राप्त हुनसक्ने बताएको छ। पुनर्मिलन गराउन नसक्नुको कारणमध्ये एउटा अभिभावकहरू फैजदारी कसुरमा थुनामा रहेको भनिएको छ।

तर अमेरिकन सिभिल लिबर्टिज युनियन नामक वकिलहरूको एउटा संस्थाले सरकारी कदमका कारण बालबालिकाहरू अलपत्र परेको बताएको छ। वकिलहरूले सरकारी प्रवृत्तिको आलोचना गरेका छन् र अधिकारीहरूले देशनिकाला गरिएका अभिभावकसँग सम्पर्क समेत गर्ने प्रयास नगरेको टिप्पणी गरेका छन्।

युरोपको भ्रमणमा निस्कनुअघि राष्ट्रपति ट्रम्पले समयसीमा पूरा गर्न नसक्नुको उपाय आफूसँग रहेको बताएका छन्। उनले भनेका छन्, अमेरिका गैरकानूनी रुपमा प्रवेश नगर्नु सबैभन्दा उपयुक्त समाधान हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed