Breaking News.... EverestOnlineKhabar
July 10, 2026

विश्व प्रसिद्ध पोर्चुगिज स्टार रोनाल्डो १४ अर्बमा इटालियन क्लब युभेन्ट्समा आबद्ध

Loading

एजेन्सी,असार ।
विश्व्का नम्बर वान पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन च्याम्पियन युभेन्ट्समा आबद्ध भएका छन्। स्पेनिस फुटबल क्लब रियल म्याड्रिडमा रहेका उनी ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा आबद्ध भएका हुन्। ३३ वर्षीय रोनाल्डोले इटालियन च्याम्पियनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
यसअघि रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। युभेन्ट्ससँग सम्झौता गरेको पुष्टि गर्दै रोनाल्डोले भनेका छन्ः‘यो मेरो जीवनको नयाँ मोड हो। मैले क्लबको प्रस्ताव स्वीकार गरेको छु ।’
योसँगै रोनाल्डो विश्वका चौथो महँगा फुटबलर बनेका छन्। सर्वाधिक महँगा फुटबलर ब्राजिलियन फरवार्ड नेइमार हुन्। उनी गत सिजन स्पेनिस क्लब बार्सिलोनाबाट २ सय मिलियन पाउन्डमा फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका थिए।
दोस्रो महँगा खेलाडी फ्रान्सका केलियन एमबाप्पे हुन्। एमबाप्पेले फ्रेन्च क्लब मोनाकोबाट पिएसजीमा १ सय ६६ मिलियन पाउन्डमा आबद्ध हुन सम्झौता गरेका थिए। तेस्रो महँगा खेलाडी ब्राजिलका फिलिप काउटिन्हो हुन्। उनी इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा १ सय ४२ मिलियन पाउन्डमा आबद्ध भएका थिए।
युरोपियन सिजन सुरु हुनुअघि युभेन्ट्स र रियल म्याड्रिड मैत्रीपूर्ण खेल खेल्दै छन्। अगस्टमा अमेरिकामा हुने खेलमा रोनाल्डोले आफ्नो पूर्वक्लब विरुद्ध खेल्ने सम्भावना छ।
रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। जसमा २ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि समावेश छन्। उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए।
उनले सन् २०१४–१५ सिजनमा रियलका लागि ४८ खेल खेल्दै ६१ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed