![]()
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।
विश्व जनसङ्ख्या दिवसको सन्दर्भ पारेर परिवार नियोजन संघले काठमाडौंमा गरेको कार्यक्रममा राज्यमन्त्री अर्यालले सानै उमेरमा गर्भपतन गराउने युवतीको संख्या बढेकाले यसले समाजमा पार्ने असरबारे छलफल गर्न आवश्यक रहेको बताइन् ।
लिभिङ् टुगेदर र बिहे नगरिकन सन्तान जन्माउन पाउने अधिकारले समाजलाई गलत बाटोतिर पो लैजाने हो कि भन्दै राज्यमन्त्री अर्यालले ‘यो हाम्रो मानव अधिकार हो’ भनेरमात्र सोच्न नहुने बताइन् ।
उनले परिवार नियोजनका साधनको अनियन्त्रित प्रयोगबाट हुन सक्ने समस्याबारे पनि सचेत हुन सबैलाई आग्रह गरिन् ।


