![]()
एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा स्वीडेनलाई २–० ले हराएर इंग्ल्याण्डले २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । त्यसको खुशी रुस पुगेका मात्रै होइन विश्वभर रहेको इंग्ल्याण्डका फ्यानले मनाए । तर लण्डनमा केही समर्थकले जितको खुशी मनाउन तोडफोडको बाटो रोजे ।
इंग्ल्याण्डका समर्थकले स्वीडेनलामाथिको जितको उन्मादमा लण्डनमा रहेको स्वीडिस मल्टिनेशनल कम्पनी इकियाको शाखामा तोडफोड गरेका छन् ।
इकियाले फर्निचर, भान्छाका सामान तथा घरका लागि चाहिने सामग्री उत्पादन गर्ने गर्छ । उनीहरुले रुसमा इंग्ल्याण्डले स्वीडेनलाई हराए लगत्तै इकियाको लण्डन शाखामा तोडफोड गरेका हुन् ।
दुई देशबिचको खेलअघि स्वीडेनका पूर्व खेलाडी जाल्टन इब्राहिमोविच र इंग्ल्याण्डका पूर्व खेलाडी डेविड बेकह्यामबिच रमाइलो चुनौती आदान प्रदान भएको थियो ।

