Breaking News.... EverestOnlineKhabar
June 28, 2026

डेढसय वर्ष पुरानो दरबार हाईस्कुल भत्काइँदै,चिनियाँ सहयोगमा पुनर्निर्माण हुने

Loading

काठमाडौ,असार ।
डेढ सय वर्ष पुरानो इतिहास बोकेको दरबार हाइस्कुल अब पुरानै स्वरुपमा देख्न नपाइने भएको छ । २०७२ सालको भूकम्पले जीर्ण भएको स्कुल पुनर्निर्माणका लागि भत्काउने काम सुरु भएको छ । विक्रम सम्वत् १९४८ सालमा दरबार हाइस्कुल निर्माण भएको थियो । तीन वर्षअघिको भूकम्पबाट बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएपछि जगैदेखि भत्काएर नयाँ बनाउन लागिएको हो ।
३८ वर्षसम्म दरबारभित्र संचालन भएको र राजा तथा राणा परिवारका सन्तानले मात्र पढ्न पाउने भएकाले विद्यालयको नाम नै दरबार स्कुल रहन गएको थियो । पछि स्कुलको नाम भानु मावि राखिए पनि जनबोलीमा अझै दरबार स्कुलकै नामले प्रख्यात छ ।
विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले क्षतिग्रस्त विद्यालय भवन असार १० गतेदेखि भत्काउन थालिएको जानकारी दिए । उनका अनुसार बाहिरी स्वरुप पहिलेको जस्तै बनाइने छ भने भित्री स्वरुपमा भने केही परिवर्तन हुन सक्नेछ ।
चार तले भवन बनाउने नक्सा पास भएको उनले बताए । असार अन्त्यसम्ममा भवन भत्काउने काम सम्पन्न भई साउनदेखि निर्माण कार्य थालिने उनले जानकारी दिए । दरबार स्कुल चीन सरकारको आर्थिक सहयोगमा बनाउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.