Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

Loading

एजेन्सी,असार ।
क्रोएसिया २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। क्रोएसियाले अन्तिम ८ मा स्थान पक्का गर्ने क्रममा पनि डेनमार्कलाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो। क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो।पेनाल्टीमा रसियाका लागि जागोभ, इग्नासेभिच र कुजिएभले गोल गरे। तर रसियाका लागि पहिलो हानेका स्मोलोभको प्रहारलाई क्रोएसियाका गोलकिपर सुवासिकले बिफल पारे। यस्तै फर्नान्डेजका प्रहार बाहिरिएको थियो।
क्रोएसियाका लागि ब्रोजोभिक, लुका मोड्रिक, भिडा र इभान राकिटिकले पोनाल्टीमा गोल गरे। क्रोएसियाका क्रोभाकिको प्रहार भने रसियाका गोलकिपरले बचाए। अब क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ। त्यसअघि निर्धारित तथा थप गरिएको सयममा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। खेलमा अग्रता भने रसियाले लियो। ३१ मिनेटमा चेरिसेभले जुवासँग वान टु वान पास खेल्दै उत्कृष्ट गोल गरेका थिए।
तर रसियाको अग्रता ८ मिनेट पनि टिकेन। क्रोएसियाका क्रामरिकले डिबक्स भिड्दाबाट लोभलाग्दो फिनिसिङ गरेर खेललाई बराबरीमा ल्याए। उनले मारियो मान्जुकिकले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो। त्यसपछि ३० मिनेटमा समय थप गरियो। थप समयको ११ मिनेटमा क्रोएसियाले अग्रता लिन सफल भयो। डोमागोज भिडाले हेडमार्फत गोल गरेर क्रोएसियालाई २–१ ले अघि बढाए।
तर थप सयम सकिन पाँच मिनेट बाँकी छदा रसियाले बराबरी गोल फर्कायो। १ सय १५ मिनेटमा प्राप्त फ्रिकिक बलमा फर्नान्डेजले हेडमार्फत गोल गर्दा खेल २–२ को बराबरीमा आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.