Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

रसुवा,असार ।
सुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बुबमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार दुर्घटनामा मोरङ स्थायी घर भएका ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्तीमगरको घटनास्थलमै मृत्यु भएको छ । राजवंशी स्काभेटर चालक हुन् भने घर्तीमगर हेल्थ असिस्टेन्ट हुन् ।
नवलपरासीका गौतम अर्याल र सुनसरीका जीवन राई घाइते छन् । उनीहरुको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।धादिङ घर भएका जीप चालक प्रकाश तामाङ भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट १२० मिटर तल खसेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.