Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डा. केसीको समर्थनमा जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिकबाहेक सबै सेवा बन्द

Loading

जुम्ला । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स तथा विद्यार्थी डा. गोविन्द केसीको समर्थन गर्दै आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा अध्यादेशमा भएको महत्वपूर्ण विषय फेरबदल नगरी प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने मागसहित चार दिनदेखि जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत  केसीको समर्थनमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थी  आकास्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

डा. केसीको आधारभूत मानवअधिकार समेत सरकारले हनन गरेको भन्दै प्रतिष्ठानका चिकित्सक मौन प्रर्दशनमा उत्रिएका छन्। उनीहरुले डा. केसीले उठाएका माग सरकारले पुरा गर्नु पर्ने भन्दै हातमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका हुन् ।  चिकित्सकको प्रदर्शनका कारण प्रतिष्ठानको सेवा प्रभावित बन्न पुगेको छ।

यता डा. केसीको जीवन सुरक्षाका लागि उनलाई कवर्ड हलबाट अस्पताल सार्न जिल्ला प्रशासन कार्यालयले अझै अनुमति दिएको छैन । चिसो भूँई, पानी चुइने र फोहोर हलमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको उपचारका लागि समर्थक चिकित्सकले उनलाई अस्पताल सार्नु पर्ने माग प्रशासनसमक्ष राख्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed