Breaking News.... EverestOnlineKhabar
May 11, 2026

डा. केसीलाई सुरक्षित स्थानमा नसारे कडा कदम चाल्ने चिकित्सक संघको चेतावनी

Loading

काठमाडौँ ।  नेपाल चिकित्सक संघ (एनएमए)ले जिल्ला विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत आफ्ना  अाजीवन सदस्य डा. गोविन्द केसीलाई तत्कालै सुरक्षित स्थानमा नसारे सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।

सरकारले अमानवीय व्यवहार गर्दै स्वास्थ्य जोखिमा पार्ने असुरक्षित, फोहोर, पानी चुइने, चिसो भूँइ र चराका बिस्टा झर्ने ठाउँमा कैदी सरह डा. केसीलाई अनशन गर्न बाध्य बनाएकोप्रति संघले आपत्ती जनाएको छ।

सम्बन्धित चिकित्सकले डा. केसीलाई अस्पतालमा लगरे उपचार गराउनु पर्ने गरिएको आग्रहलाई जिल्ला प्रशासन कार्यालयले बेवास्ता गरेको भन्दै संघले डा. केसीको जीवन रक्षामा लापरवाही भए त्यसविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

त्यसबाट सृजीत हुन सक्ने गम्भीर परिणामको जिम्मावर सरकार नै हुने समेत संघले ठोकुवा गरेको छ।

संघले डा. केसीको जीवन रक्षाका लागि र उनले अघि सारेका जायज पुरा गर्न सहयोग गर्नका निम्ति मुलुकभरका आफ्ना साखाहरुलाई आग्रह समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.