Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सर्जक रविन खत्रीको गीति एल्वम‘लभ डिजायर’ सार्वजनिक

Loading

काठमाडौ,असार ।
कलाकार नेत्र बहादुर खत्री (रविन खत्री) को पहिलो गीति एल्वम ‘लभ डिजायर’ सार्वजनिक भएको छ। एल्बममा ६ वटा गीत समावेस गरिएको छ। खत्रीकै रचना, संगीत सम्पादन तथा स्वर रहेको एल्बमलाई युथ क्रिएसन नेपालले बजारमा ल्याएको हो।
अमेरिकामा मूर्तीकलामा स्नाकोक्तर गरिरहेका रविनको आइतबार राजधानीमा एल्वमसँगै पुस्तक पनि विमोचन गरियो।‘मोडलिङ दी कोर्ची ह्युमन फिगर इन क्ले’ नामक उनको पुस्तक लोकार्पण गरिएको हो।
मूर्तीकला र त्यसभित्र जोडिएको शरीर रचना विज्ञानलाई संयुक्त रुपमा अध्ययन गरेर खत्रीले उक्त पुस्तक तयार पारेको बताएका छन्। एल्बम र पुस्तकलाई वरिष्ठ गायक प्रेमध्वज प्रधान, मूर्तीकार मदन चित्रकार, संगितकार राजु सिंह लगायतका सर्जकले विमोचन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.