Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

बर्दिया,असार ।
बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको प्रहरी भनाइ छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाले ११ सुन व्यवसायी पक्राउ परेको पुष्टि गर्यो । तर कुन–कुन व्यवसायी पक्राउ परेका हुन् भनेर सार्वजनिक गरिएको छैन् ।
पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखिएको छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed