![]()
सोलुखुम्बु,असार ।
सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट काठमाडौं आउँदै गरेको जीप शुक्रबार बिहान साढे ७ बजेतिर तिङ्लाको महादेव भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । घटनास्थल सदरमुकामबाट १३ किलोमिटर टाढा पर्दछ ।


