![]()
बीबीसी । उत्तरी थाईल्याण्डको गुफामा फसेका बच्चाको फुटवल समुह र उनका प्रशिक्षक लाई बचाउन गएको सेनाको समुह भारी बर्षाका कारण प्रभावित भएका छन । पुरा फुटवल समुह कयौ दिनदेखी उक्त लामो गुफाभित्र फसेका छन जसमा ११ देखि १६ वर्ष उमेर समुहका खेलाडी रहेको जनार्ईएको छ ।
प्राप्त जानकारीका अनुसार गुफा एकदमै लामो रहेको र गुफाको मुख्य उद्धारमा अधिक पानी जमेका कारण गुफाभित्र फसेकाहरुको उद्धारमा कठिनाई थपिदै गैरहेको छ जनाईएको छ ।
सयौं उद्धारकर्मी तथा सेनाका जवानहरुले म्यान्मार र लाओसको विचमा रहेको यस गुफामा पुरा दिनरात लगाएर जम्मा भएको पानी बाहिर निकाल्न पम्प लगाएपनि भारी बर्षाका कारण अरु थप समस्या थपिदै गएको जनाएका छन ।
उद्धार कार्यमा जुटेका टिममा हवाई टिम र गोताखोरको पनि सहभागीता रहेको छ । बच्चाको खोजीकार्यमा नेवी सील गोताखोरले उत्तरि चिंयांग राई प्रान्त स्थित गुफामा अक्सिजन सिलिन्डर र खाद्य सामग्री लगेर गुुफाभित्र गएको छ ।
साथैै नेविले आफ्नो फेसवुक बाट जानकारी गराउँदै लेखेको छ‘हाम्रो टोली उद्धारकार्यमा निरन्तर जुटिरहेको छ साथै टोली गुफाको अन्त सम्मै गएर उद्धारकार्यकोलागी कुनै कशर बाँकि नराखि कामगर्ने छ ।’ साथै नेवि सिलका अनुसार रातभरि परेको पानिका कारण जमेको पानिको सतह १५ सेन्टिमिटरले बढेको र जसको कारण पानि भित्रैसम्म गईरहेको पनि जानकारी दिएको छ ।
थाई सरकारको मौसम विभागले दिएको जानकारीका अनुसार केहिदिन अझै मौसम प्रतिकुल रहने पनि जनाइएकाले उद्धारमा बिभिन्न कठिनाई उत्पन्न हुने देखिएको छ। उद्धारकार्यमा करिव १००० मानिसको सहभागिता रहेको छ ।
कसरि फस्न पुग्यो पुरा कोच सहितको टोली ?
जाँचकर्ताका अनुसार चिंयांग राईका मानिसहरु थाम लुआंह नांग नोन नामगरेको १५ मिटर लामो गुफामो बाटो भएर हिड्ने गर्दथे। त्यो दिन पानीका कारण बाटो बन्द भएर उनिहरु गुफाको भित्रिभागमा रोकिएको अनुमान गरिएको छ ।
उक्त राष्ट्रिय निकुञ्जका अधिकारीले बताए अनुसार गुफा एकदम अध्यारो र कुनै ठाउँमा अक्सिजनको मात्रा पनि कम भएको जानकारी दिएका छन । उनले नै खेलाडीहरुको साईकल गुफाको द्धारमा देखेका थिए ।
उत्तरि थाईल्याण्ड गुफाको लागी लोकप्रिय छ जस्लाई अवलोकन गर्नकै लागी हजारौ पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् । अबको उद्धारकार्यमा सहयोग गर्न अमेरेकी सेनालका गोताखोरले पनि भाग लिईसकेको छ ।


