![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई बेवास्ता गर्दै पार्टी भित्र नयाँ गठवन्धन निर्माण गरेका छन । प्रचण्ड पत्नी सीताको उपचारका लागि थाइल्याण्डमा व्यस्त रहेकाबेला ओलीले सुटुक्क माधव नेपाल र ईश्वर पोखरेलसमेत सम्मिलित गठवन्धन बनाएका हुन । यो बिषयमा काठमाडौंमै रहेपनि नेता खनालले सुँइको समेत पाएका छैनन । आफनो वरियता खोसिएपछि अध्यक्षद्वय ओली र प्रचण्डसंग खनाल रुष्ठ बनेका छन ।
अध्यक्षद्धय ओली र प्रचण्ड देश बाहिर रहँदा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत नेता नेपाललाई सुम्पिएका थिए । अहिले ओली र नेपालबीच अत्यन्तै सुमधुर र घनिष्ठ सम्बन्ध रहेको बुझिएको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपुर्व नै नेता नेपाल ओली ‘क्याम्प’ भावी अध्यक्ष बन्ने महत्वाकांक्षी अभिलाषा बोकेर सिफ्ट भएका थिए । यसले बरिष्ठ नेता झलना खनाल र उपाध्यक्ष वामदेव गौतमलाई बरु आहात तुल्याएको थियो ।
हुन त अहिलेपनि नेता खनाल र गौतम नेपालसँग रुष्ट छन् । पार्टी एकतापछिको मर्यादाक्रममा खनाललाई उछिनेर नेपाल अघि आएका थिए । यसले खनाललाई आक्रोशित तुल्याएको छ । यस विषयमा खनाल अहिलेपनि सार्वजनिक रुपमै आक्रोश पोखिरहेका छन् ।
प्रधानन्त्री ओलीले सरकार गठन भएको तीन महिना बितिसक्दापनि जनतामा सरकारका मन्त्रीहरुको पफर्मेन्स सन्तोषजनक नरहेको गुनासो आएपछि सरकार सञ्चालनमा समेत आफू, नेता नेपाल र वर्तमान उपप्रधान् एवम रक्षामन्त्री ईश्वर पोखरेल बसेर समिक्षा तथा छलफल गर्ने तयारी गरेका छन् ।
सरकार सञ्चालनबारे वर्तमान मन्त्रीहरुको भूमिका र कार्यशैलीप्रति ओली व्यापक रुपमा असन्तुष्ट छन् । त्यस्तै प्रधानमन्त्री ओलीले हालै मित्रराष्ट्र भारत र चीनको भ्रमण सम्पन्न भएकोले अब नयाँ किसिमले कसरी अघि बढ्ने भन्नेबारेपनि नेता नेपाल र पोखरेलसँग बसेर योजना बनाउने तयारी थालेका छन् ।
पार्टीको आगामी महाधिवेशनबाट नेकपाले नयाँ नेतृत्व पाउने छ । अध्यक्ष ओलीको रणनीति माधव नेपाललाई अध्यक्षमा अघि सार्ने रहेको छ । एमाले र माओवादी केन्द्र दुवै फरक फरक पृष्ठभूमीबाट आएका पार्टी भएकाले अहिले नेकपाका कार्यकर्ता तथा नेताहरुबीच आधिकारिक रुपमा मन मिल्न सकेको छैन । गाउँदेखि केन्द्रसम्म मन मिलाउन सकेका छैनन् । त्यसैले आगामी महाधिवेशनसम्मको यात्रामा प्रचण्डलाई कमजोर तुल्याउनेगरि ओलीले नेता नेपालसँगको साँठगाँठलाई झनै तिव्रता दिएका छन् ।
अहिले ओलीसँग नेता नेपालको हिमचिममात्रै होईन पार्टीको नेतृत्वमा पुग्नेसम्मको बारेमा ‘स्ट्राटेजिक डिबेट’ पनि हुने गरेको छ ।


