Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

भक्तपुर,असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गत शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन भएपनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ । समितिले आगामी दिनमा त्यसप्रकारको समस्या आउन नदिन अवलम्बन गर्नुपर्ने उपायबारे पनि सुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.