![]()
एजेन्सी । नेपाल दुरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ। सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यशाला गोष्ठीमा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी भइरहेको जानकारी दिएका हुन ।
उनले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दुरसञ्चारको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि दाबी गरे ।
स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याएपछि सेवा छिटो छरितो हुने उनको बिश्वास छ ।


