Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

मुग्लिङ,असार ।
पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । गएराति साढे २ बजेदेखि अबरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
यो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोला जलविरे लगायत ठाउँमा पहिरो खसेपछि गएरातिदेखि बिहान ८ बजेसम्म सडक अबरुद्ध भएको थियो । चारकिलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउन केही कठिन भइरहेको प्रहरीले जनाएको छ ।
जतिसक्दो छिटो पहिरो पन्छाएर सडकलाई दुईतर्फी रुपमा सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.