Breaking News.... EverestOnlineKhabar
October 3, 2026

अर्जेन्टिना कठिन मोडमाःक्रोएशियाले दियो ३–० को झट्का

Loading

एजेन्सी,असार ।
नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया विरूद्ध उत्रेको अर्जेन्टिना समूह चरणको दोस्रो खेलमा ३–० ले पराजित भएको छ । हारसँगै उसका लागि नकआउट प्रवेश थप कठिन बनेको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए।
उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। गोल खाएपश्चात अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफलता हात पार्न सकेन। यस्तैमा खेलमा फर्कन संघर्षरतः अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को झट्का बेहोर्न बाध्य भयो। क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे पछि अर्जेन्टिना दोश्रो झट्का खान बाध्य भएको हो।
२–० को गोलले दबाबमा परेको अर्जेन्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशियाले फेरि गोल गरेर आफ्नो जीतलाई ३–० ले फराकिलो बनाइदियो। उक्त गोल इभान राकिटिचले गरेका थिए।
अन्ततःअर्जेन्टिना क्रोएशियालाई ३(० को जित सुम्पिन बाध्य भयो। जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको थियो।
क्रोएशियासँगको हारले अर्जेन्टिनाको दोस्रो चरण प्रवेश क्षिण बनेको छ। अब उसले समूह चरणको अन्तिम खेल नाइजेरियासँग खेल्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed