![]()
पोखरा,असार ।
ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमल लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् ।
लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।
ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् । यसअघि ढुवानीमा केही समस्या थिएनन् ।
‘लकिङ प्रणाली जडान भएपछि चालकले विभिन्न बहानामा अवरोध गर्दै आएका छन्,ढुवानी बन्द गर्नुको उद्धेश्य तेल चोर्न पाउनुपर्छ भन्ने नै देखिन्छ ।’ आयल निमगका प्रवक्ता वीरेन्द्र गोईतले भने ।
यता,गृहमन्त्रालयले भने चालकका गतिविधिमाथी निगरानी भईरहेको र तत्काल ढुवानी सुचारु नगरे कडा कारवाहि गर्ने चेतावनी दिएको छ ।


