Breaking News.... EverestOnlineKhabar
August 20, 2026

वर्षाको पानी प्रयोग नगर्न सुझाव, अझै केही दिन वर्षाको पानी सफा हुँदैन

Loading

काठमाडौं।  जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय नभएसम्म वर्षादको पानी प्रयोग नगर्न सर्वसाधारणलाई सार्वजनिक आह्वान गरेको छ।

भारतको राजस्थानबाट धूलो नेपालको पश्चिमी भूभागबाट आँधीको रुपमा प्रवेश गरी पूर्वीय हावासँग मिश्रण हुँदा परेको पानी मानव तथा पशुपंक्षीका लागि हानिकारक रहेको भन्दै त्यस्तो पानी प्रयोग नगर्न आग्रह गरिएको हो। मौसमविद् मिनकुमार अर्यालले धमिलो र पहेलो रङको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फाल्न सुझाव दिए। उनले पहेंलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा समेत औंल्याए।

आकासेपानी संकलन गरेर कृषि, पशुचौपाया र घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ। भारतको राजस्थान आसपासको मरुभूमिमा उडेको धूलोसहितको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायुमण्डलमा समेत प्रवेश गरेकाले शुक्रबार राति परेको वर्षा पहेलो र हिलो मिसिएको पाइएको उनले जानकारी दिए।

उनले अझै केही दिन वर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए। उनले धूलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर नेपालको मनसुनी दक्षिण पूर्वी हावाको प्रभाव बलियो भएपछि बिस्तारै मौसम सफा हुने बताए।

शुक्रबार साँझ मुलुकका विभिन्न ठाउँमा परेको पानी पहेंलो र हिलो मिसिएको पाइएपछि विभिन्न सन्देह र त्रास फैलिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.