Breaking News.... EverestOnlineKhabar
August 20, 2026

चार नयाँ हवाइ रुट थपिने :जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरमा सहमति

Loading

काठमाडौं  । नागरिक उड्डयन प्राधिकरण र भारत उड्डयन प्राधिकरणले नेपालका लागि नयाँ हवाई रुट तय गरेको छ।  पूर्वमा जनकपुर र विराटनगरबाट हवाई रुट पर्मिट दिनका लागि दुई पक्षबीच सहमति भएको हो। उडान सुरक्षा मुल्याङ्कन गरी यसलाई लागू गरिने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

पश्चिमतर्फ महेन्द्रनगरबाट कम उचाइमा उड्ने वायुयानलाई दुईतर्फ उडान बनाइने सहमति पनि भएको उनले जानकारी दिए। पोखरेलका अनुसार काठमाडौं – जनकपुर- पटनामा भइरहेको एकतर्फी रुटलाई दुईतर्फी बनाउने सम्झौता भएको छ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाईमा उड्ने अन्तर्राष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन सम्पन्न गर्ने सम्झौता भएको छ। ्

नयाँ हवाई रुट तय गर्नका लागि नेपाल र भारतका उच्च अधिकारीहरुबीच प्राधिकरणमा बिहीवारबाट छलफल सुरु भएको हो। नेपाल उड्डयन प्राधिकरण र भारत उड्डयन प्राधिकरणका उच्च पदाधिकारीबीच छलफल भएको हो।

भारत हुँदै नेपाल प्रवेशका लागि हालसम्म बाराको सिमरामात्र रुट रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणमा समेत यो विषय उठेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.