Breaking News.... EverestOnlineKhabar
August 20, 2026

Loading

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘वि’ को पहिलो खेलमा इरानले जित हात पारेको छ । इरानले मोरक्कोमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको हो ।

रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा मोरक्कोका अजिज बौहाडौजले आत्मघाति गोल गरेपछि इरानले अन्तिम समयमा रोमाञ्चक जित निकालेको हो ।

थप गरिएको अत्तिरिक्त समयमा मोरक्कोका अजिजले आत्मघाति गोल गर्न पुगे । उनले हेडबाट गोल बचाउने क्रममा गोल गर्न पुगेका थिए ।
निकै आक्रमक खेल खेलेका दुबै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग भने गर्न सकेनन् । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा बराबरी खेलेको मोरक्को र इरानले दोस्रो हाफमा पनि गोल गर्ने थुपै्र अवसर खेर फालेका थिए ।

सुरुवातीदेखि नै बल नियन्त्रणमा लिएपनि मोरक्कोले गोल गर्न भने सकेन । जित हात पारेको इरानको ३ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.