Breaking News.... EverestOnlineKhabar
July 9, 2026

Loading

काठमाडौ,जेठ ।
आजबाट भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु हुँदैछ । त्यसका लागि एपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आएको छ । दुई दिनसम्म नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुहरुबारे टुंगो लगाउने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गर्ने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ । अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथामाथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमारा बाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो ।
यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेनन् । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन । विभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अप्ठेरो पर्ने भारतको अडान छ ।
तर, भारतीय प्रधानमन्त्री नरोन्द्र मोदीले नयाँ हवाई रुटहरु दिन सहमति जनाएका छन् । भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५–०७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज, विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.