Breaking News.... EverestOnlineKhabar
August 22, 2026

चितवनको माडीमा आजदेखि दैनिक आठ घण्टा विद्युत्त अवरुद्ध,यस्तो छ कारण…

Loading

चितवन,जेठ ।
चितवनको माडीमा आजदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिजुली नहुँदा स्थानीयबासीको दैनिकी, नगरपालिकाको काम र व्यवसाय डामाडोल हुने भएको छ । ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सबस्टेशन माडीले जनाएको छ ।
माडीमा चितवन राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत रुपमा बिजुली लगिएको छ । यो भूमिगत लाइनमा पटक–पटक समस्या आउँदा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । गत वर्ष वर्षायाममा भूमिगत लाइनमा समस्या आउँदा लामो समयसम्म विद्युत सेवा अवरुद्ध भएको थियो ।
भूमिगत लाइन मर्मत गर्नका लागि भारतबाट प्राविधिकहरु ल्याइएको छ । भारतीय टोलीलाई नेपाल विद्युत प्राधिकरणको टोलीको सघाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.