Breaking News.... EverestOnlineKhabar
October 3, 2026

तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना, सबै यात्रु सकुशल

Loading

नेपालगन्ज।  तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ।  नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो।

विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो। दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed