Breaking News.... EverestOnlineKhabar
September 3, 2026

शुक्रबार प्रदेश पाँचको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

Loading

बुटबल,जेठ ।
प्रदेश नम्वर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ को नीति कार्यक्रम शुक्रबार प्रदेश सभामा पेश गर्दैछ ।मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम पारित गरी प्रदेशसभा बैठकमा पेश गर्ने निणर्य गरेको हो । बैठकले नीति कार्यक्रम प्रदेशसभामा वाचन गर्नका लागि प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पुर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
नीति कार्यक्रम पेश गर्न दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालू आर्थिक वर्षमा समावेश गरीएका नीति र कार्यक्रमलाई अद्यावधिक गरी केही विशेष योजना र कार्यक्रमहरू समेटिएका छन् । यसअघिको नीति तथा कार्यक्रममा जस्तै कृषिलाई उच्च प्राथमिकता दिने र उद्योग तथा पर्यटनलाई आर्थिक समृद्धि र दीगो विकाससँग जोड्ने विषयलाई प्राथमिकता दिइने छ ।
त्यस्तै बुधबारको मन्त्रिपरिषद् बैठकले निणर्य गरेको मुख्यमन्त्री ग्रमिण विकास कार्यक्रम र केही अन्य कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.