Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सरकारबिरुद्ध आन्दोलनको आँधीबेहेरी सृजना गर्ने नेबिसंघको चेतावनी, सरकारलाई घुँडा टेकाएरै छोडने उपत्यकास्तरीय कार्यकर्ता भेलाको निष्कर्ष

Loading

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघले सरकारबिरुद्ध आन्दोलनको आँधीबेहेरी सृजना गर्न तयारी तीव्र पारेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्यबृृद्धि गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै नेबिसंघले तत्काल मूल्यबृद्धि फिर्ता नगरे सरकारबिरुद्ध नै संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

आन्दोलनको तयारीस्वरुप संघले बिहीबार काठमाडौंमा उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ । भेलाले जनतालाई राहत दिनुकोसाटो आहतमा डुबाएको भन्दै सरकारबिरुद्ध देशब्यापी आन्दोलन चर्काउने निष्कर्ष निकालेको महामन्त्री सरोज थापाले जानकारी दिनुभयो । सहभागी कार्यकर्ताहरुले सरकारको अत्याचारबिरुद्ध नेबिसंघ एकजुट भएर आन्दोलनमा जानुपर्ने सुझाव दिएको थापाले एभरेष्ट अनलाइन खबरलाई जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष नैनसिंह महरले भने, ‘ भन्नेबेला सर्वहाराबर्गको पार्टी भन्ने जनतालाई महङ्गी दिएर आफू करोडौंको भ्रष्टाचार गर्ने, राष्ट्रवादी हुँ भन्ने बिदेशीलाई मुलुकको श्रोत साधन सबै सुम्पिने, विकास र समृद्धि भन्ने आफना श्रीमतिका नाममा सम्पत्ती थुपार्ने ? अब यो चल्दैन । नेबिसंघले निर्णायक आन्दोलन गर्नुपर्छ । ’

यस्तै, उपाध्यक्ष पुष्प शाहीले नेबिसंघ बिद्यार्थी हक हीतकासाथै जनजिविकाका सवालमा पनि उत्तिकै गम्भीर र जिम्मेवार भएर लागेको बताए । अहिलेको सरकारले अधिनायकवादको अभ्यास सुरु गरेपनि त्यो प्रजातान्त्रिक बिचारका अगाडि निस्तेज हुने दाबी गरे । यसका लागि नेबिसंघ सडकमा ओर्लिसकेको उनले बताए ।

भेलालाई सम्बोधन गर्दै महामन्त्री सरोज थापाले बिश्वका सबै कम्युनिष्टहरुले जनताको नाममा शोषण मात्र गरिरहेको बताए । उनले भने, ‘नेपालमा कम्युनिष्ट हुँ भन्छन घर घडेरी, जग्गा, सुन जम्मा गर्छन तर जनताको दुई धुर जमिन भएपनि कर लगाउँछन । अहिले महङ्गी गरेका छन, यो सबै लुट मच्चाउन हो । सम्पत्ती कमाउन हो । जनताको छातीमा बुट बजारेर नाच्नेहरुलाई नेबिसंघले तह लगाउँछ । ’

भेलाले सरकारबिरुद्ध घोषित चरणबद्ध आन्दोलनका कार्यक्रमलाई एकबद्ध भएर सफल बनाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed