Breaking News.... EverestOnlineKhabar
October 2, 2026

आफैले दुई टुक्रा पारेको सर्पले टोकेपछि झण्डै ज्यान गएको

Loading

बीबीसी । अमेरिकामा शरीरबाट अलगिएको सर्पले टोकेका एकजनाको ज्यान मुश्किलले जोगिएको छ । अमेरिकाको टेक्सासमा आफैले मारेको सर्पले टोकेका व्यक्तिलाई एन्टी स्नेक भेनम दिएर बचाइएको हो ।

ती व्यक्तिले आफ्नो गार्डेनमा काम गर्ने क्रममा १.२५ मिटर लामो विषालु (र्‍याटलस्नेक) सर्प भेटेका थिए । उनले त्यो सर्पलाई मारेका थिए । सर्पको टाउको र शरीर छुट्टिएको थियो ।

तर शरीरबाट छुट्टिएको सर्पले उनलाई टोक्यो । जेनिफर सुट्क्लिफले स्थानीय टेलिभिजन स्टेसन केआइआइआइ–टिभीसँग आफ्ना श्रीमानलाई आफैले मारेको सर्पले टोकेको बताएकी छन् । सर्पलाई गाड्नका लागि उचालेका बेला त्यसको टाउकोले श्रीमानलाई टोकेको उनले बताएकी छन् ।

र्‍याटलस्नेकले मरेको केही घण्टापछि पनि टोक्न सक्छ । सर्पले टोके लगतै श्रीमान सिकिस्त भएपछि आफूले ९११ मा फोन गरेको उनले बताएकी छन् । ती व्यक्तिलाई एयर लिफ्ट गरेर उनको गृह नगर कोर्पस क्रिस्टी नजिकको अस्पताल लगिएको थियो ।

उनलाई सर्पले टोकेको एक हप्ता भन्दा बढी भयो र अहिले उनको अवस्था स्थीर रहेको छ । तर उनको किड्नी फङ्गसनिङमा भने कमजोरी देखिएको छ ।

एरिजोना विश्वविद्यालयको भिपेर इन्स्टिच्युडका एन्टी–भेनम डाक्टर लेस्ली बोयरले सर्पलाई काटेर मार्न नहुने बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed